नेपालकाे प्रदेश नं. ७ अन्तर्गत अछाम जिल्लाका चार नगरपालिका र छ गाउँपालिका मध्ये पञ्चदेवल विनायक नगरपालिका निर्वाचन क्षेत्र नं. २ मा पर्दछ । पूर्वमा कालिकाेट जिल्ला, पश्चिममा कमलबजार नगरपालिका, उत्तरमा रामाराेशन गाउँपालिका तथा दक्षिणमा दैलेख जिल्लाकाे अाठविस नगरपालिकाकाे बीचमा अवस्थित पञ्चदेवल विनायक नगरपालिका प्राकृतिका सम्पदा र साधनस्राेतमा सम्पन्नशाली नगरपालिका हाे । जल, जमिन, बनजङ्गल, जडिवुटी, जङ्गली जनावर र उर्वर भूमि रहेकाे साथै मध्य पहाडी लाेकमार्ग पनि बीच भाग हुँदै जाने हुँदा यस नगरपालिकाले उच्च अार्थिक एवं पर्यटकिय संभावनाबाेकेकाे छ ।