FAQs Complain Problems

चिकित्सा शिक्षा अध्ययन छात्रवृत्तिका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आ.व. २०७८/०७९ को स्वीकृत वार्षिक विकास कार्यक्रम अनुसार चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एम बि बि एस प्रवेश परीक्षा उत्तीर्ण गरी स्वदेश भित्रका विश्वविद्यालय वा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानमा एम.बि.बि.एस. (MBBS) प्रथम वर्ष अध्ययनरत प्रदेश भित्रका दलित, आदिवासी जनजाति, सिमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिएको क्षेत्र तथा जेहेन्दार विद्यार्थीका लागि चिकित्सा शिक्षा अध्ययन छात्रवत्ति वितरण गर्ने कार्यक्रम रहेकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।