घटना दर्ता अभियान सम्बन्धी अत्यन्त जरुरी सूचना
घटना दर्ता अभियान सम्बन्धी अत्यन्त जरुरी सूचना।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको कार्यक्रम अन्तर्गत यस पञ्चदेवल विनायक नगरपालिकाबाट मिति २०७८ साल बैशाख १ गतेदेखि १६ गतेसम्म घटना दर्ता अभियान सञ्चालन हुने भएकोले दर्ता शिविर सञ्चालन हुने स्थानमा गई व्यक्तिगत घटना दर्ता गर्न बाँकी भएका नागरिकहरुले आफ्नो वडा कार्यालय वा पायक पर्ने दर्ता शिविरमा उपस्थित भै जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराइ जस्ता व्यक्तिगत घटना अनिवार्य रुपमा दर्ता गरौं/ गराऔं ।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        
                     
						
                        
                    
